सर्वोच्च अदालतमा न्यायाधीशहरूको ‘समानान्तर’ बैठक
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले समग्र न्यायालय सुधारका विषयमा सर्वोच्च अदालतका सबै न्यायाधीशसहितको पूर्ण बैठक (फूलकोर्ट ) बोलाएका छन् । तर प्रधानन्यायाधीश राणाले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । असन्तुष्ट न्यायाधीशहरु फूलकोर्ट बैठक बस्नुअघि छुट्टै समानान्तर बैठक बस्ने तयारीमा छन् ।
प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँग आइतबार छलफलपछि फूलकोर्ट बोलाएका थिए । तर, प्रधानन्यायाधीशले फूलकोर्ट बैठक बोलाएलगत्तै असन्तुष्ट १४ न्यायाधीशहरूले आफुहरु अनुपस्थित हुने आइतबारै बताएका थिए । प्रधानन्यायाधीश राणाले कार्यपालिकामा भागवण्डा खोजेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको लगायतका आरोप असन्तुष्ट न्यायाधीशहरूले लगाएका छन् ।
स्रोतका अनुसार असन्तुष्ट न्यायाधीशहरू बीचको बैठक सोमबार बिहान ११ बजेपछि बस्दैछ । असन्तुष्ट न्यायाधीशहरूले इजलास बहिष्कार भने नगर्ने जनाएका छन् । प्रधानन्यायाधीश राणासँग दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई, सुष्मालता माथेमा, प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुयाँल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी सहभागी असन्तुष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


