विवेकशील साझाको पाण्डे समूह एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले भेटवार्ता गरेको छ । गत साता विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।
एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छ ।
यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेका पाण्डे समूह पछिल्लो समय माधव नेपालसँग नजिकिएको छ । नेकपा एमालेमा विद्रोह गरी भदौमा एकीकृत समाजवादी पार्टी स्थापना गरेका नेपालले पाण्डे समूहलाई भित्र्याउन छलफल अगाडि बढाएको बुझिएको छ ।
आजको भेटमा पनि वर्तमान राजनीतिक समस्या र आगामी सहयात्राका विषयमा कुराकानी भएको विवेकशील साझाका नेता केशव दाहालले स्वीकारे । उनले भने, ‘माधव नेपालीले मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राख्नुभएको हो । हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौं । आफ्ना अनुभवलाई आदानप्रदान गरेर नयाँ दिशा दिने प्रयासमा छौं । नयाँ सम्भावनाको खोजी गर्न कुरा चलिनै रहन्छ ।’
यतिबेला विवेकशील साझामा आत्मसमर्पण कि विद्रोह भन्ने ठाउँमा पुग्नैपर्ने अवस्था आएको उनको भनाइ छ । ‘विवेकशील साझामा दुबै पक्ष नगल्ने अवस्थाले अल्झिएका छौं । रवीन्द्रजीले आफ्नो एजेण्डाबाट ब्याक नहुने र हामीहरुले उहाँको एजेण्डा बोक्न नसक्ने अवस्था छ । अब आत्मसमर्पण कि विद्रोह भन्ने ठाउँमा पुग्नैपर्ने अवस्था आएको छ,’ उनले भने ।
दाहालका अनुसार अध्यक्ष नेपालले भेटवार्ताको सुरुमा आफ्ना कुरा राखेका थिए । नेपालको भनाई उदृत गर्दै दाहालले भने, ‘म प्रधानमन्त्री भएर पनि चाहेजति परिणाम निकाल्न सकेनौँ । यो सबै आलोचना किन भइरहेको छ भनेर नै कुरा सुरु गर्नुभएको थियो ।’
नेपालमा एकजनाले मात्र चाहेर नहुने भन्दै प्रणालीमै परिवर्तन आवश्यक रहेको नेपालले पाण्डेको टोलीसँग अनुभव सुनाएका थिए । ‘हामीले नयाँ प्रयत्न गर्दै छौं । यी पुराना मान्छेहरु सबैले परिणाम निकाल्न सकेन भन्ने तपाईंहरुलाई लाग्दो हो । हामीले चाहँदा चाहँदै पनि कतिपय काम हुन सकेनन् । यो देशमा एकजना व्यक्तिले चाहेर मात्र हुँदैन रहेछ । प्रणालीलाई बल्नुपर्ने रहेछ,’ नेपालको भनाइ थियो ।
नेपालले आफ्ना कुरा राखेपछि उनीहरुका कुरा पनि सुनेका थिए । एकीकृत समाजवादीले वैकल्पिक राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्ने उनीहरुको भनाइ थियो ।
‘अहिलेको अवस्थामा एकीकृत समाजवादीले नेपाली राजनीतिमा नयाँ खाले कुनै अपिल गरेको म देख्दिनँ भनेर मैले उहाँलाई भनेँ । एकीकृत समाजवादीले अपिल गर्नुपर्छ । वैकल्पिक र समाजवादी राजनीतिलाई सम्बोधन गर्ने ताकत राख्नुपर्छ भनेर हामीले उहाँलाई पृष्ठपोषण दियौं ।’
एकीकृत समाजवादीमा प्रवेश गर्न कुरा पाण्डेद्वारा खण्डन
यद्यपि पाण्डेले एकीकृत समाजवादीमा प्रवेश गर्न कुरा गलत भएको बताए । विवेकशील साझाको आन्दोलन अब झन् सशक्त भएर अघि बढ्ने उनको भनाइ छ ।
उले भने, 'विचार मिल्ने दलहरूसँग आवश्यक सहकार्य गर्नेछ। राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने प्रोग्रेसिभ लोकतान्त्रिक शक्ति बन्नेछ।'
*** गलत समाचारको भ्रममा नपर्नुहोला ***
— Milan Pandey (@MilanPandey) October 27, 2021
कोही साथीहरू पनि भ्रममा नपर्नु होला। विवेकशील साझाको आन्दोलन अब झन् सशक्त भएर अघि बढ्ने छ। विचार मिल्ने दलहरूसँग आवश्यक सहकार्य गर्नेछ। राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने प्रोग्रेसिभ लोकतान्त्रिक शक्ति बन्नेछ।https://t.co/2PtUVmhnal pic.twitter.com/L77DtggctC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

