मरिच र महँगा गाडी आयात खुला गर्ने निर्णय २४ घण्टाभित्रै फिर्ता
नेपाल राष्ट्र बैंकले मरिच, केराउ, छोकडा, सुपारी र ५० हजार डलरभन्दा महँगो मूल्यका सवारीसाधन आयात खुला गर्ने निर्णय २४ घण्टा नबित्दै फिर्ता लिएको छ । हिजो (शुक्रबार) बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै यी सामान आयात बन्देज तत्काललाई हटाइएको परिपत्र जारी गरेको थियो ।
केन्द्रीय बैंकले केराउको आयातमा लगाएको पूर्ण बन्देज हटाई चालु आर्थिक वर्षमा कूल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो । यसैगरी सुपारी आयातमा लगाएको पूर्ण प्रतिबन्ध पनि हटाउँदै चालु आर्थिक वर्षभित्र २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने जनाएको थियो ।
छोकडा पैठारीमा लगाएको पूर्ण बन्देज हटाउँदै ५० हजार मेट्रिक टन आयात गर्न सक्ने व्यवस्था गरेको थियो । ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारीसाधन आयातमा लगाएको पूर्ण बन्देज पनि हटाएको थियो । सोहीअनुसार विदेशी मुद्रा सटही सुविधा दिन क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकलाई निर्देश गरेको थियो । अब यी सामान आयातमा गत असोज १७ गतेको निर्णयअनुसार नै बन्देज कायम रहनेछ ।
उल्लेखित सामानको आयात बन्देज खुला गर्ने निर्णय फिर्ता लिनुको कारणबारे जिज्ञासा राख्दा राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने,‘ हिजो अलि हतारमा पत्रिपत्र जारी गरियो, यी सामानमा बन्देज खुलाउँदा विदेशी विनिमय सञ्चितीमा थप चाप सिर्जना गर्न सक्ने देखिएकाले निर्णय फिर्ता लिइएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण