शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अब काठमाडौं महानगरपालिकाको कर इसेवाबाटै भुक्तानी गर्न सकिने

आइतबार, १४ कात्तिक २०७८, १४ : १७
आइतबार, १४ कात्तिक २०७८

संघीय राजधानीसमेत रहेको काठमाडौ महानगरपालिकाको कर तथा राजस्व अब इसेवामार्फत भुक्तानी गर्न सकिने भएको छ । महानगरपालिका भित्रको सम्पती तथा भूमी, व्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भुक्तानी गर्न सकिने भएको हो । 

इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी महानगरले जनाएको छ ।  स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने महानगरले बताएको छ । 

करदाताले दुई तरिकाबाट इ–सेवा मार्फत भुक्तानी गर्न सक्नेछन् । यसको लागि नगरबासीले सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबाईल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ भने काठमाडौ महानगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।

हालसम्म बनेपा नगरपालिका, बासगढी नगरपालिका, बर्दघाट नगरपालिका, बेलौरी नगरपालिका, विराटनगर महानगरपालिका, बिष्णुपुर गाउँपालिका, बुटवल उपमहानगरपालिका, छ थर जोरपाटी गाउँपालिका, धनगढीमाई नगरपालिका, धरान उपमहानगरपालिका, धुलिखेल नगरपालिका,गोदावरी नगरपालिका,गोकर्णेश्वर नगरपालिका, हेटौडा उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, काठमाडौँ महानगरपालिका,कावासोती नगरपालिका,केराबारी गाउँपालिका, कीर्तिपुर नगरपालिका, मध्यबिन्दु नगरपालिका, नमोबुद्ध नगरपालिका, पुनर्वास नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका,तिलोत्तमा नगरपालिका लगायतका स्थानीय तहमा इसेवा मार्फत कर तथा राजस्व भुक्तानीको सुविधा प्रदान गरिएको छ  । 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ४० हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप