आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशसँग ‘वार्ता’ गर्ने सर्वोच्चका न्यायाधीशहरुको निर्णय

आइतबार, १४ कात्तिक २०७८, १६ : ३९
आइतबार, १४ कात्तिक २०७८

बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग पुनः वार्ता गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सोमबार छलफल गर्ने निर्णय गरेको हो ।

छलफलका लागि वातावरण बनाउन आइतबार नै केही न्यायाधीशले प्रधानन्यायाधीशसँग भेट गरी बैठकको निर्णयबारे जानकारी दिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ ।

न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहरसमेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ ।

यद्यपि, बैठकले प्रधानन्यायाधीशको बहिर्गमन नै हुनुपर्ने अडान लिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप