प्रधानन्यायाधीशसँग ‘वार्ता’ गर्ने सर्वोच्चका न्यायाधीशहरुको निर्णय
बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग पुनः वार्ता गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सोमबार छलफल गर्ने निर्णय गरेको हो ।
छलफलका लागि वातावरण बनाउन आइतबार नै केही न्यायाधीशले प्रधानन्यायाधीशसँग भेट गरी बैठकको निर्णयबारे जानकारी दिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ ।
न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहरसमेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ ।
यद्यपि, बैठकले प्रधानन्यायाधीशको बहिर्गमन नै हुनुपर्ने अडान लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
