बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीको खेलकुद ऐन पनि अध्यादेशबाटै संशोधन

आइतबार, १४ कात्तिक २०७८, २० : ४२
आइतबार, १४ कात्तिक २०७८

चालू आर्थिक वर्षको योजना अध्यादेशको बाटो रोजेर ल्याएको कर्णाली सरकारले ऐनहरू पनि अध्यादेशकै बाटोमा संशोधन र पारित गर्न थालेको छ ।  राजनीतिक किचलोका कारण प्रदेशसभा बैठक सञ्चालन नभएकाले ऐन संशोधन गर्न पनि अध्यादेशको बाटो रोज्नुपरेको हो ।

केही दिनअघि प्रदेश लोकसेवा आयोग ऐनलाई संशोधन गरेको प्रदेश सरकारले खेलकुद ऐन पनि अध्यादेशकै माध्यामबाट संशोधन गरेको छ ।  कर्णाली प्रदेश खेलकुद विकास ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज अध्यादेश जारी गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप