शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, क्रमशः हल गरिनेछ : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा मन्त्री पौडेलले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलान लगायतमा अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताए । ‘शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४० औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ’, उनले भने, ‘अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।’
मन्त्री पाैडेलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताए । कार्यभार सम्हाले पछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको जानकारी समेत उनले जानकारी दिए ।
‘एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ’, मन्त्री पौडेलले भने । विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उनले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राखे ।
मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताए । अर्को प्रसंगमा मन्त्री पौडेलले देश माओवादीको एजेण्डामा चलेको बताउँदै आफूहरुले स्थापित गरेका विचारलाई तल्लो तहसम्म पुर्याउन कार्यकर्तालाई उनले आग्रह गरे ।
२०६४ सालको जस्तो माओवादी बनाउने संकल्प गरेकाले पार्टीले भर्खरै ३२ वटा विभाग गठन गरी काम थालनी भएको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडी अस्पतालका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द
-
त्रिविको जग्गा व्यवस्थापनको निम्ति उच्चस्तरीय समिति बन्दै छ : मन्त्री श्रेष्ठ
-
कांग्रेसले ‘आत्महत्या’ गर्छु भनेपनि समिति गठन हुँदैन : एमाले
-
सरकारले सोमबार छानबिन समिति गठनको कुरा लिएर आउने विश्वास छ : रमेश लेखक
-
वर्षासँगै काठमाडौँको प्रदूषण कम हुँदै
-
जिबी राई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ : ज्ञानेन्द्र शाही