भारतको लगातार दोस्रो हार
टी–२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आइतबार राति भएको खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । भारतले प्रस्तुत गरेको १ सय ११ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र १४.३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो ।
न्युजिल्याण्डलाई जीत दिलाउन डार्यल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए । ३५ बलमा उनले ४ चौका र ३ छक्का हिर्काए । कप्तान केन विलियमसनले ३३ रन बनाए भने ओपनर मार्टिन गुप्टिलले २० रनको योगदान दिए । भारतका लागि दुवै विकेट जसप्रित बुमराहले लिए ।
यसअघि न्युजिल्याण्डको घातक बलिङसामु भारत निरिह देखिएको थियो । भारतका ब्याट्सम्यानहरुले खुलेर खेल्नै सकेनन् । भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११० रन मात्र बनाउन सक्यो । रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाण्डेयले २३ रनको योगदान दिए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ तथा इस सोधीले २ विकेट लिए । जीतसँगै न्युजिल्याण्ड अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने भारत पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण