सर्वोच्चमा न्यायाधीशहरुको छलफल सुरु

न्यायालय सुधारको माग गर्दै ८ दिनदेखि बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार बिहान साढे ११ बजेदेखि न्यायाधीशहरु छलफलमा बसेका हुन् । यसअघि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले एक न्यायाधीशमार्फत सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका थिए ।
टि ब्रेकपछि न्यायाधीशहरुको छलफलमा प्रधानन्यायाधीशले ग्रेसफुल एक्जिटको प्रस्ताव पठाएपछि न्यायाधीशहरूले वार्ताका लागि तीनजना न्यायाधीशलाई पठाएका थिए । न्यायाधीशहरुको समूहले अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशले खोजेको ग्रेसफुल एक्जिटको बाटोबारे कुराकानी गर्न पठाएका थिए ।
आइतबार अपरान्ह करिब साढे ४ बजे तीनजना न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग भेट गरी प्रधानन्यायाधीशको इच्छा र चाहनाबारे छलफल गरेका थिए । करिब ४५ मिनेटको छलफलपछि न्यायाधीशहरु बाहिर निस्किएका थिए । सोही छलफलको विषय, प्रधानन्यायाधीशको भनाई र आगामी कदमबारे धारणा बनाउन न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
आइतबार लामो समय बसेको विद्रोही न्यायाधीशहरुको बैठकले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने र तर प्रधानन्यायाधीशसँग ‘बेन्च सेयर’ नगर्ने निर्णय गरेका थिए । तर त्यसका लागि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोक्नुपर्ने र आफूलाई पेसी तोक्न नहुने प्रस्ताव गरेका थिए ।
न्यायाधीशहरुको माग बमोजिम नै प्रधानन्यायाधीश जबराले सोमबार बन्दी प्रत्यक्षीकरणको मात्रै पेसी तोकेका छन् भने आफ्ना लागि पेसी तोकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन