तिहारमा मनलाग्दी मूल्यवृद्धि, सरकार मौन
एक साताअघिसम्म ८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी अहिले एक सयको हाराहारीमा छ । चिनी किन्दा ठाउँ हेरिकन उपभोक्ताले ९५ देखि ९८ रुपैयाँसम्म तिर्नुपरिरहेको छ ।
८५ रुपैयाँ प्रतिकिलो पाइने चिनी एक सातामै किन सयको हाराहारीमा पुग्यो त ? जवाफ स्पष्ट छ, तिहार र छठपर्वमा चिनीको जहिले पनि अभाव हुन्छ । यही अभावलाई मौकाका रूपमा लिँदै चौका हान्न व्यापारी कुरेर बसिरहेका हुन्छन् ।
सरकारलाई स्पष्ट रूपमा थाहा छ, हरेक तिहारमा चिनीको अभाव हुन्छ । यस्तो अभाव हुन नदिन सरकारले पहिले नै सोचविचार गर्नुपर्ने हो ।
नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देविन्द्र श्रेष्ठको भनाइअनुसार साल्ट टे«डिङसँग मौज्दात चिनी नहुँदा बजारमा अहिले चिनीको मूल्यवृद्धि भएको हो ।
अध्यक्ष श्रेष्ठको यो भनाइले स्पष्ट पार्छ, सरकार उपभोक्ताको पीडा सुन्दैन, समस्या बुझ्दैन । उपभोक्ताको खल्ती’ मतलब राख्दैन । बरु उल्टै मौकामा चौका दाउ हान्न खोजिरहेका व्यापारी÷व्यवसायीलाई साथ दिन्छ । सरकारी निकायले थोरै मात्र अनुगमन गर्ने हो भने पनि यति साह्रो महँगी बढ्ने थिएन ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण