बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध
बुधबार, १७ कात्तिक २०७८, २२ : ४९
नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् । आगामी कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी स्वतः अध्यक्ष बन्ने भएका हुन् ।
योसँगै अब संघको आगामी वार्षिक साधारणसभाले उपाध्यायलाई नै अध्यक्ष घोषित गर्नेछ । निर्वाचन समितिले अध्यक्षका लागि बुधबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी दिन भनेको थियो । तर अन्तिम समयसम्म उपाध्याय बाहेक अरु कसैको उम्मेदवारी परेन ।
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्याय हालका संघका उपाध्यक्ष समेत हुन् । अध्यक्ष भुवन दाहाल आफ्नो दुई वर्षे कार्यकाल पुरा गर्दै कार्तिक २३ गतेबाट संघको नेतृत्वबाट बाहिरिँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण