चीनले नेपाली सेनालाई दियो ३ लाख डोज खोप
सोमबार, २२ कात्तिक २०७८, १२ : ३९

चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप दिएको छ । चीनको जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई सहयोग स्वरुप १० थान भेन्टिलेटर तथा १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित तीन लाख डोज खोप प्रदान गरेको हो ।
सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच नेपालका लागि चीनका राजदूत होउ यान्छीले प्रधान सेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन् । सो क्रममा प्रधानसेनापति शर्माले यस सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे ।
यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने सेनाले विश्वास लिएको छ । यस्तै सेनाले दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास पनि लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?
-
आफ्नै नीति र प्रतिबद्धता कार्यान्वयनमा कर्णाली सरकार असफल
-
काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू