विद्यार्थीलाई पढाएर महराले गरे शिक्षालय उद्घाटन

रोल्पा - उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महराले देशको समृद्धिका लागि प्राविधिक शिक्षा जरुरी रहेको बताएका छन् ।
उपप्रधान मन्त्री महराले रोल्पाको लिवाङमा निर्मित रोल्पा पोलिटेक्निकल इन्स्टिच्यूटको आज उद्घाटन गर्दै देश विकास अभियानमा प्राविधिक जनशक्तिको खाँचो रहने बताए ।
उपप्रधानमन्त्री महराले भने, “रोल्पामा सञ्चालनमा रहेको प्राविधिक शिक्षालयमा देशकै उत्कृष्ट र नमूना बनाउनुपर्छ ।”
आफू निर्वाचनको क्रममा दाङ पुगे पनि रोल्पा नछोडेको बताए। रोल्पा प्राविधिक शिक्षालय आफ्नो परिकल्पना भएकाले यसको विकासका लागि निरन्तररुपमा लागिरहने उनले बताए ।
पोलिटेक्निकल इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीलाई पढाउँदै महराले शिक्षालय उद्घाटन गरेका हुन् । नेपालको नक्सामा विकासको खाका तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नक्सांकन गर्दै महराले करिब १५ मिनेट विद्यार्थीलाई पढाउनुभएको थियो ।
उपप्रधानमन्त्री महरा आफैँले दान गरेको करिब ३५ रोपनी क्षेत्रफल जग्गामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा सञ्चालित सो पोलिटेक्निकल इन्स्टिच्यूटमा हाल पशु विज्ञानतर्फ डिप्लोमा तहमा पठनपाठन शुरु भएको छ ।
शिक्षालयमा आगामी दिनमा वन विज्ञान, स्वास्थ्य, निर्माण तथा कृषि विषयको समेत पठनपाठन गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट
-
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित
-
सप्तकोशीमा डल्फिनको सङ्ख्यामा वृद्धि
-
महात्मा गान्धीको दुर्लभ चित्र लन्डनमा लिलामी गरिँदै
-
१२ बजे १२ समाचार: बजेट निर्माणअघिनै मन्त्रालयमा प्रवेश निषेध, गोताखोर खोजीमा थप टोली परिचालन
-
गोताखोर बेपत्ताः खोजी तथा उद्धारका लागि कुरिन्टारबाट पाँच गोताखोर प्रस्थान