उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेटवार्ता

समाचार सारांश
- उपराष्ट्रपति रामसहायप्रसाद यादव र रुसी राजदूत एलेक्सी नोभिकोभबीच भेटवार्ता भयो।
- भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भयो, दुई देशको सम्बन्ध सुमधुर रहेको कुरामा जोड दिइयो।
- उपराष्ट्रपतिले उच्चस्तरीय भ्रमणको आदानप्रदान र साझेदारी बढाउनुपर्ने बताए, साथै रुस दिवसको शुभकामना व्यक्त गरे।
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका राजदूत एलेक्सी नोभिकोभले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटवार्ताका क्रममा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्धका विविध आयाम तथा नेपाल–रुस सम्बन्धको सुदृढीकरणका लागि आगामी सम्भावित सहकार्य सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९५६ मा नेपाल र रुसी महासङ्घबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर मित्रवत् सम्बन्ध रहिआएको बताए । उनले भने, “हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ । नेपालले रुससँगको साझेदारीलाई विशेष महत्त्व दिएको छ ।” उनले नेपालमा पूर्वाधार तथा मानव संशाधन विकासमा रुसले लामो समयदेखि सहयोग पुर्याउँदै आएको स्मरण गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपतिले नेपाल–रुस सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा नयाँ आयाम थपिँदै द्विपक्षीय सम्बन्धलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल–रुस साझेदारी वाणिज्य, प्रविधि, शिक्षा तथा सांस्कृतिक सहकार्यका क्षेत्रमा विस्तार गर्न सकिने बताउँदै नेपाल सरकार त्यसका लागि सक्रिय रूपमा पहल गरिरहेको बताए ।
उपराष्ट्रपति यादवले आगामी रुस दिवस अवसरमा महामहिम राजदूतमार्फत रुसी जनताको सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरे ।
नेपालका लागि रुसी महासङ्घका महामहिम राजदूत एलेक्सी नोभिकोभले नेपाल–रुस सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य र आपसी संवादलाई प्राथमिकता दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माउन्टेन फ्लाइट’ बाट सगरमाथा नियाल्दा, तस्बिरहरू
-
बिहानै पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु
-
पीयूष चावलाद्वारा व्यावसायिक क्रिकेटबाट संन्यास
-
नर्वेसँग लज्जास्पद हारपछि इटाली ‘कठिन अवस्थामा’
-
धनगढीको मुख्य सडक विस्तारमा बजेट अभाव
-
उपाधि जिताएको १६ दिनपछि पोस्टेकोग्लू बर्खास्त, को बन्ला नयाँ म्यानेजर ?