२२ दिनमा २ रुपैयाँले घट्यो अमेरिकी डलरको मूल्य
अमेरिकी डलरको नेपाली रुपैयाँ बलियो बन्न थालेको छ । कात्तिक २ गते अहिलेसम्मकै उच्च मूल्यमा पुगेको अमेरिकी डलर त्यसयताको २२ दिनमा २.९ रुपैयाँले घटेको हो । कात्तिक २ गते एक अमेरिकी डलरको सटही दर अहिलेसम्मकै उच्च १२०.८५ रुपैयाँ पुगेको थियो । २२ दिनपछि आज कात्तिक २४ गते घटेर ११८.७६ रुपैयाँमा आइपुगेको राष्ट्र बैंकले बताएको छ ।
खासगरी, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ (भारू) बलियो बन्दा नेपाली रुपैयाँ समेत बलियो बनेको हो । कोभिड–१९ को महामारीका कारण धरासायी बनेको भारतको अर्थतन्त्र सुधारिन थालेपछि अमेरिकी डलरको तुलनामा भारू बलियो बन्न थालेको छ ।
भारू बलियो बनेसँगै भारूसँग स्थिर विनिमय दर रहेको नेपाली रूपैयाँलाई फाइदा पुग्ने गर्छ । फलस्वरुप डलरको तुलनामा भारू बलियो वा कमजोर भए नेपाली रुपैयाँ पनि सोहीअनुसार हुने गर्छ । आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.७६ रुपैयाँ कायम हुँदा खरिद मूल्य ११८.१६ रुपैयाँ कायम छ । यस्तै, युरोको बिक्री दर १३७.७३ र खरिद दर १३७.०४ रुपैयाँ छ भने पाउण्डको बिक्री दर १६१.५० र खरिद दर १६०.६९ रुपैयाँ छ ।
सिंगापुर डलरको बिक्री दर ८८.२४ रुपैयाँ कायम हुँदा बिक्री दर ८७.८० रुपैयाँ कायम छ । यस्तै, १० जापानी येनको बिक्री दर १०.५२ रुपैयाँ तथा खरिद दर १०.४७ रुपैयाँ छ । चिनियाँ युवानको बिक्री १८.५८ रुपैयाँ र खरिद दर १८.४९ रुपैयाँ छ ।
यसैगरी, साउदी रियालको बिक्री ३१.६६ रुपैयाँ हुँदा खरिद दर ३१.५० रुपैयाँ तथा कतारी रियालको बिक्री ३२.६२ र खरिद ३२.४५ रुपैयाँ छ । यता संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ३२.३३ रुपैयाँ र खरिद दर ३२.१७ रुपैयाँ छ भने मलेसियन रिंगटको बिक्री मूल्य २८.६२ र खरिद मूल्य २८.४८ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण