प्रतिबन्ध नहटेसम्म इरानले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने
इरानका वरिष्ठ नेता अली सालेजेगाले आफूमाथि लागेका सम्पूर्ण प्रतिबन्ध नहटेसम्म पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । ग्लासगोमा जारी जलवायु सम्झौतामा सालेजेगाले यस्तो अडान राखेका हुन् । प्रतिबन्धका कारण उर्जा तथा अन्य क्षेत्रमा पनि इरानको विकास कार्य रोकिएको उनले बताएका छन् ।
इरान विश्वको आठौं ठूलो कार्बन उत्सर्जक हो । तर, पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने थोरै मुलुकमध्ये यो पनि पर्छ । पछिल्लो समय यहाँ दीर्घकालिन उर्जा क्षेत्रमा विदेशी लगानी घटेको छ । जसकारण, उत्सर्जन बढेको छ । यहाँ पानीको अभावका कारण विरोध प्रदर्शन नै भएको थियो, जसलाई सरकारले बलपूर्वक नियन्त्रणमा लियो ।
इरानका राष्ट्रपति इब्राहिम रईसी ग्लासगोमा चलिरहेको जलवायु परिवर्तनमा सहभागी भएका छैनन् । तर इरानको एक प्रतिनिधिमण्डल सम्मेलनका लागि पुगेको छ । र, यो प्रतिनिधिमण्डलले आर्थिक प्रतिबन्ध हटाउनुपर्ने माग गरेको हो । ‘दुनियाँका अन्य देशहरु जस्तै इरानमाथि पनि जलवायु परिवर्तनको असर परेको छ । देशमा पानी कम गर्न थालेको छ र नदीमा ४० प्रतिशतले पानी घटेको छ । यहीकारण खेती र उद्योग प्रभावित भएको छ ।
त्यस्तै, खानेपानीको पनि अभाव भएको छ,’ अली सोलेजेगाले भने,‘ कुनै पनि सम्झौता दुईतर्फी हुनुपर्छ । जब तपाईँमाथि प्रतिबन्ध लागेको छ भने तपाईले औषधीजस्ता कुरा पनि आयात गर्न सक्नुहुन्न । यो एक मुलभूत मानव अधिकार हो ।’ यसअघि आफूमाथि लागेका प्रतिबन्ध हटाइए कार्बनडाइअक्साइडको उत्सर्जनमा कमी ल्याउने इरानले जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण