बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्ध नहटेसम्म इरानले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने

बिहीबार, २५ कात्तिक २०७८, १२ : ५६
बिहीबार, २५ कात्तिक २०७८

इरानका वरिष्ठ नेता अली सालेजेगाले आफूमाथि लागेका सम्पूर्ण प्रतिबन्ध नहटेसम्म पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । ग्लासगोमा जारी जलवायु सम्झौतामा सालेजेगाले यस्तो अडान राखेका हुन् । प्रतिबन्धका कारण उर्जा तथा अन्य क्षेत्रमा पनि इरानको विकास कार्य रोकिएको उनले बताएका छन् ।

इरान विश्वको आठौं ठूलो कार्बन उत्सर्जक हो । तर, पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने थोरै मुलुकमध्ये यो पनि पर्छ ।  पछिल्लो समय यहाँ दीर्घकालिन उर्जा क्षेत्रमा विदेशी लगानी घटेको छ । जसकारण, उत्सर्जन बढेको छ । यहाँ पानीको अभावका कारण विरोध प्रदर्शन नै भएको थियो, जसलाई सरकारले बलपूर्वक नियन्त्रणमा लियो । 

इरानका राष्ट्रपति इब्राहिम रईसी ग्लासगोमा चलिरहेको जलवायु परिवर्तनमा सहभागी  भएका छैनन् । तर इरानको एक प्रतिनिधिमण्डल सम्मेलनका लागि पुगेको छ । र, यो प्रतिनिधिमण्डलले आर्थिक प्रतिबन्ध हटाउनुपर्ने माग गरेको हो । ‘दुनियाँका अन्य देशहरु जस्तै इरानमाथि पनि जलवायु परिवर्तनको असर परेको छ । देशमा पानी कम गर्न थालेको छ र नदीमा ४० प्रतिशतले पानी घटेको छ । यहीकारण खेती र उद्योग प्रभावित भएको छ ।

त्यस्तै, खानेपानीको पनि अभाव भएको छ,’ अली सोलेजेगाले भने,‘ कुनै पनि सम्झौता दुईतर्फी हुनुपर्छ । जब तपाईँमाथि प्रतिबन्ध लागेको छ भने तपाईले औषधीजस्ता कुरा पनि आयात गर्न सक्नुहुन्न । यो एक मुलभूत मानव अधिकार हो ।’ यसअघि आफूमाथि लागेका प्रतिबन्ध हटाइए  कार्बनडाइअक्साइडको उत्सर्जनमा कमी ल्याउने इरानले जनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप