बारको आन्दोलनका कारण प्रधानन्यायाधीशले आज आफूलाई राखेनन् इजलासमा
शुक्रबार, २६ कात्तिक २०७८, ११ : ०१
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने घोषणाका साथ धर्ना दिइरहेको छ । बार एशोसिएशनको आन्दोलनकै कारण प्रधानन्यायाधीश जबराले शुक्रबार आफूलाई इजलासमा राखेका छैनन् ।
शुक्रबारका लागि सर्वोच्च अदालतमा ८ वटा इजलास गठन गरिएको छ । तर प्रधानन्यायाधीश जबराले आफूलाई कुनै पनि इजलासमा राखेका छैनन् । बिहीबार भने उनले आफूलाई इजलासमा राखेका थिए ।
बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने घोषणा गरेको छ । बिहीबार सर्वोच्च परिसरमा प्रहरीले कानुन व्यवसायीमाथि गरेको हस्तक्षेपको विरोधमा शुक्रबार बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरणसहित सबै मुद्दाका बहसमा सहभागी नहुने घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण