बैंकर्स संघका नवनियुक्त अध्यक्षले भने- ‘ठूला कर्जा रोकेर साना कर्जामा ध्यान दिऔँ’
शुक्रबार, २६ कात्तिक २०७८, १७ : २६
नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले अब बैंकहरूले ठूला कर्जा रोकेर साना कर्जामा ध्यान दिनुपर्ने बताएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सँग छलफल क्रममा उपाध्यायले कर्जा प्रवाहबारे यस्तो धारणा राखेका हुन् ।
तरलता अभाव हटाउन साना कर्जालाई प्राथमिकतामा राख्न र वैदेशिक ऋण लिन सकिनेबारे पनि उपाध्यायले जोड दिएका थिए । २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी छलफलमा उनीहरूले कर्जा निक्षेप अनुपातमा बैंकमा रहेको निक्षेप शतप्रतिशत नै गणना गर्न दिनुपर्ने, आयात नियन्त्रण गर्नुपर्ने र सरकारी खर्च बढाउनुपर्ने बताए ।
छलफल क्रममा अर्थमन्त्री शर्माले बैंकहरुबाट कर्जा प्रवाह धेरै भएपनि प्रतिफल नदेखिएको र आर्थिक विकासमा अपेक्षाअनुसार सहयोग नपुगेको तर्क राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण