बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बैंकर्स संघका नवनियुक्त अध्यक्षले भने- ‘ठूला कर्जा रोकेर साना कर्जामा ध्यान दिऔँ’

शुक्रबार, २६ कात्तिक २०७८, १७ : २६
शुक्रबार, २६ कात्तिक २०७८

नेपाल बैंकर्स संघका नवनियुक्त अध्यक्ष अनिल उपाध्यायले अब बैंकहरूले ठूला कर्जा रोकेर साना कर्जामा ध्यान दिनुपर्ने बताएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव भएपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सँग छलफल क्रममा उपाध्यायले कर्जा प्रवाहबारे यस्तो धारणा राखेका हुन् ।

तरलता अभाव हटाउन साना कर्जालाई प्राथमिकतामा राख्न र वैदेशिक ऋण लिन सकिनेबारे पनि उपाध्यायले जोड दिएका थिए । २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी छलफलमा उनीहरूले कर्जा निक्षेप अनुपातमा बैंकमा रहेको निक्षेप शतप्रतिशत नै गणना गर्न दिनुपर्ने, आयात नियन्त्रण गर्नुपर्ने र सरकारी खर्च बढाउनुपर्ने बताए । 

छलफल क्रममा अर्थमन्त्री शर्माले बैंकहरुबाट कर्जा प्रवाह धेरै भएपनि प्रतिफल नदेखिएको र आर्थिक विकासमा अपेक्षाअनुसार सहयोग नपुगेको तर्क राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप