बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जना पक्राउ
नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएको थियो । बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।
यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।
यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् । सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण