४१ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन
नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१ जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको हो ।
उपप्रमुख थापाले केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । ‘उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू चयन भएका छन्’, थापाले रातोपाटीसँग भने, ‘ प्रतिनिधि छनोट हुन बाँकी रहेका जिल्लाहरुमा सोमबारसम्म सकिने जानकारी प्राप्त भएको छ ।’
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भुगोलबाहेक जनसंगठन, विभाग र विशेष कमिटी तर्फका सवै प्रतिनिधि सहमतिमा चयन भइसकेका छन् । मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनका लागि एमालेले १ हजार ९ सय ९९ प्रतिनिधि चयन गर्ने जनाएको छ । एमालेले कात्तिक ३० गते महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण