सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ४ अर्बमा सिमित
आइतबार, २८ कात्तिक २०७८, १६ : ०१
आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि ओरालो लाग्न थालेको नेप्सेमा साढे १ तिर केही सुधार आएपनि फेरि घट्दै १ अंकले घटेको हो । साताको पहिलो कारोबार दिन नेप्से २७ सय अंकमा पुगेर फर्किएको छ । यसक्रममा ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भइ ७४ लाख कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जानकारी दिएको छ ।
आज बोटलर्स नेपाल तराईको सेयर मूल्यमा सर्वाधिक १० प्रतिशतको बृद्धि आएको छ । सकरात्मक सर्किट लागेर बन्द भएको कम्पनीको सेयर मूल्यमा एक हजार ७५ रुपैयाँको सुधार आएको हो । यसपछि मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि ९ प्रतिशतको सुधार आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण