सर्लाहीमा दुई जनप्रतिनिधि घूससहित पक्राउ
सोमबार, २९ कात्तिक २०७८, १७ : ४९
सर्लाहीका दुई जनप्रतिनिधिहरु घूस रकमसहित पक्राउ परेका छन् । सोमबार अख्तियारको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका ११ का दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई रु १ लाख ५० हजार रुपैयाँ लिइरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण