मुलुकको चालु खाता घाटा बढेर १ खर्ब ५१ अर्ब माथि पुग्यो
मुलुकको चालु खाता घाटा बढेर साढे एक अर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको चालू आर्थिक वर्ष २०७८÷७९ को पहिलो त्रैमासको रिपोर्ट अनुसार यस्तो घाटा १ खर्ब ५१ अर्ब ७० करोड पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई रु १ अर्ब ९२ करोड कायम भएको र खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई रु ५ अर्ब ७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.२ अर्ब ९२ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.७६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाखले घाटामा रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण