डोल्पाको लहरा गाउँमा बन्दै ‘बुलाकी’
फिल्म ‘बुलाकी’ को अहिले डोल्पा जिल्लाको त्रिपुरा नगरपालिकाको सु गाउँ, लहरा लगायतका स्थानमा छायांकन भइरहेको छ । फिल्म छायांकनका लागि निर्माण युनिट तिहार अगाडि त्यहाँ पुगेको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् ।
फिल्मको अहिले ३५ प्रतिशत छायांकन सकिएको निर्देशक सुनारले बताए । छत्रेश्‍वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा मोती बिष्ट प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नव अभिनेता बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्री लगायतका कलाकारको मुख्य भुमिका रहनेछ ।
कर्णाली भेगको मौलिक कथा समेटिएर निर्माण थालिएको फिल्ममा शिव ढकालको छायाँकन, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत रहनेछ । रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतको समेत अभिनय फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण