दुई रियालिटी शो घोषणा
अमेरिका र क्यानडामा रहेको नेपाली भाषीलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा भएको छ । मंगलबार साँझ होटल मेरिटमा आयोजित एक कार्यक्रमका बीच ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’ घोषणा गरिएको हो ।
दुबै रियालिटी शोे इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो सुरु गर्ने जानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’ कोे निर्णायकमा भने अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर बीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई छानिएका छन् ।
नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्दैै रियालिटी शो मार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा हाम्रो कला संस्कृतिको बिषयमा जागरुकता ल्याउनु कार्यक्रमको मुख्य उदेश्य रहेको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए । ‘मेरो भ्वाइस कप २’ को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्न योजना समेत रहेको अधिकारीले बताए ।
फाउन्डेसनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउँदै आएको छ । अभिनेत्री केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गरिन् । कार्यक्रममा अभिनेता दिलिप रायमाझी, रमित ढुंगाना, नृत्य निर्देशक शंकर बीसी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण