सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

न्यायालय विवादमा सरकार मूकदर्शक भएर बस्न मिल्दैन : प्रकाशमान सिंह

बुधबार, ०१ मङ्सिर २०७८, १२ : १४
बुधबार, ०१ मङ्सिर २०७८

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मूकदर्शक भएर बस्न नमिल्ने बताएका छन् । बुधबार  विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधानसम्मत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् । एक–दुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई थियो ।

‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायपालिका भइरहेको विवादको मुख दर्शक हुनुहुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नुपर्दछ,’ नेता सिंहको भनाइ थियो । साथै उनले वर्तमान स्थितिमा अर्लि इलेक्शनको सम्भावना नभएको भन्दै अब समयमा नै संघीय र स्थानीय निकायको निर्वाचन हुने बताए । उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने समेत दोहोर्याए ।

वर्तमान नेतृत्व असफल भएको र जनताले विश्वास गर्न छाडेकाले नेतृत्व परिवर्तन जरुरी रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप