अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकु मारिए
बिहीबार, ०२ मङ्सिर २०७८, १७ : १९
अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एकजना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
‘इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको ‘सराई– ए–शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्’ इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन् ।
बुधबार दिउँसो काबुल शहरको प्रहरी जिल्ला १३ दशतीबर्ची क्षेत्रमा भएको दुईवटा बम विष्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन महिलासहित ६ जना घाइते भएका थिए । काबुल विगत केही दिनयता हिंसात्मक घटनाको केन्द्र बनेको छ । कट्टरपन्थी आइएसले बुधबार भएको दुईवटा विष्फोटको जिम्मेवारी लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण