सामूहिक बलात्कारका आरोपी २ जना पक्राउ
महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरीका ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भङ्गहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा बताए । गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् ।
बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो । मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई जबरजस्ती करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा