गीत : न त परेलीबाट आँसु झर्न सक्छ
शनिबार, ०४ मङ्सिर २०७८, ०६ : ००
न त परेलीबाट आँसु झर्नसक्छ
न त मनले केही गर्नसक्छ
जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ
यहाँ होहल्लामा नाच्नुपर्छ
सुनसानमा पनि बाँच्नुपर्छ
जन्मेपछि यो धरतीमा
ओठका लागि पनि हाँस्नुपर्छ
जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ
रमाइलोमा पुगे बल्नुपर्छ
दुखे पनि मुटु चल्नुपर्छ
हरेक रात थुप्रै आशमा
मीठो स्वप्नका लागि ढल्नुपर्छ
न त परेलीबाट आँसु झर्नसक्छ
न त मनले केही गर्नसक्छ
जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण