शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गीत : न त परेलीबाट आँसु झर्न सक्छ

शनिबार, ०४ मङ्सिर २०७८, ०६ : ००
शनिबार, ०४ मङ्सिर २०७८

न त परेलीबाट आँसु झर्नसक्छ
न त मनले केही गर्नसक्छ
जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ

यहाँ होहल्लामा नाच्नुपर्छ
सुनसानमा पनि बाँच्नुपर्छ
जन्मेपछि यो धरतीमा
ओठका लागि पनि हाँस्नुपर्छ

जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ
रमाइलोमा पुगे बल्नुपर्छ
दुखे पनि मुटु चल्नुपर्छ

हरेक रात थुप्रै आशमा
मीठो स्वप्नका लागि ढल्नुपर्छ
न त परेलीबाट आँसु झर्नसक्छ

न त मनले केही गर्नसक्छ
जिन्दगी यो चलिरहन्छ
जो कोहीलाई यस्तो पर्नसक्छ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप