भोलि जसपाको बैठक, के होला प्रदीप यादवको कारबाही ?
जनता समाजवादी पार्टी नेपालले पार्टीका सांसद प्रदीप यादवलाई सोधेको स्पष्टीकरणको बारेमा छलफल गर्ने भएको छ । जसपाले कात्तिक ११ गते प्रदीप यादवलाई स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ पार्टीलाई बुझाइसकेका छन् । मन्त्री नपाएको भन्दै प्रदीप यादवले जिल्लादेखि केन्द्रसम्म पार्टीको विरुद्ध आन्दोलन गर्न लगाएको आरोप उनीमाथि रहेको छ । सोहीबारे यादवलाई सात बुँदे स्पष्टीकरण सोधिएको थियो ।
स्रोतका अनुसार जवाफमा यादवले आफूमाथि लगाइएका सबै आरोपहरु अस्वीकार गरेका छन् । यादवले आफू कुनै पनि आन्दोलन नगराएको तथा पार्टीको पद्धति र प्रक्रियामा रहेर काम गरिरहेको दाबी गरेका छन् । पार्टीका अन्य कुनै पनि नेता तथा कार्यकर्ताले कसैको नाम लिएर आन्दोलन गरे त्यसको जिम्मेवार आफू नहुने पनि उनले जवाफमा लेखेका छन् छ । पार्टीको अनुशासनविपरित आफूले कुनै पनि कार्य नगरेको, पार्टी कार्यालय तोडफोड, पार्टी अध्यक्षको पुतला जलाउने लगायतका कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको पनि यादवले दाबी गरेका छन् ।
कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार सांसद यादवले दिएको जवाफको बारेमा पार्टीमा छलफल भइरहेको र भोलि बस्ने कार्यकारिणी समितिको बैठकले त्यसलाई टुङ्गो लगाउने बताए । उनले भने, 'प्रदीपजीले स्पष्टीकरण बुझाइसक्नु भएको छ, यसबारे भोलि टुङ्गो लगाइनेछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
