गण्डकीमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ३५३ जनामा गरिएको नमूना परीक्षणमा ३१ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १३७ महिला र १८ पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की २०, बागलुङ ३, स्याङजा २ पर्वत १, गोरखा १ र तनहुँमा ३ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ७८६ पुगेको छ ।
गण्डकीमा शनिबार १२ जनामा मात्र संक्रमित देखिएकोमा आज थप ३१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये पोखरा क्षेत्रका मात्र २० जना रहेका छन् । गण्डकीमा हालसम्म कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०८ पुगेको छ । प्रदेशमा पछिल्लो चौविसै घण्टामा ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार १४९ पुगेको छ भने होम आइसोलेसनमा १९६ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २२९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण