नेपाल र भारतबीचको सम्बन्धलाई संरक्षण गर्नुपर्छ : महन्थ ठाकुर
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल र भारतको साझा साँस्कृतिक सम्पदा र दुई छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवद्र्धन र संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । उनले दुई देशबीच रहेको साँस्कृतिक, समाजिक, आर्थिक र धार्मिक सम्बन्धलाई बलियो बनाउन युवा कलाकार र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राखेका छन् ।
डीएभी सुशील केडिया विश्व भारती स्कूल काठमाडौं, संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र नेपालस्थित भारतीय राजदूतावासले आइतबार आयोजना गरेको नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
कार्यक्रममा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव नवीनकुमारको उपस्थिति थियो । भारतीय दूतावासका प्रथम सचिव नविनकुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन ठूलो योगदान रहेको धारणा राखे ।
कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा.रञ्जना झा, नर्तकहरू यामिनी शर्मा, रिजुला मिश्र र नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण