बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र भारतबीचको सम्बन्धलाई संरक्षण गर्नुपर्छ : महन्थ ठाकुर

आइतबार, ०५ मङ्सिर २०७८, २१ : १४
आइतबार, ०५ मङ्सिर २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल र भारतको साझा साँस्कृतिक सम्पदा र दुई छिमेकीहरू बीचको सदियौं पुरानो सम्बन्धलाई प्रवद्र्धन र संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । उनले दुई देशबीच रहेको साँस्कृतिक, समाजिक, आर्थिक र धार्मिक सम्बन्धलाई बलियो बनाउन युवा कलाकार र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको धारणा राखेका छन् ।

डीएभी सुशील केडिया विश्व भारती स्कूल काठमाडौं, संस्कृति भारतको सहकार्यमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र नेपालस्थित भारतीय राजदूतावासले आइतबार आयोजना गरेको नेपाल–भारत अन्तर्राष्ट्रिय मैत्री कन्सर्ट कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।

कार्यक्रममा डीएभी सुशील केडिया विश्व भारती स्कूलका अध्यक्ष अनिल केडिया र प्रथम सचिव नवीनकुमारको उपस्थिति थियो । भारतीय दूतावासका प्रथम सचिव नविनकुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुति र कलाको माध्यमबाट दुई देशका जनतालाई एकताबद्ध गराउन ठूलो योगदान रहेको धारणा राखे ।

कार्यक्रममा भारतका चर्चित कलाकारहरू गायिका डा.रञ्जना झा, नर्तकहरू यामिनी शर्मा, रिजुला मिश्र र नेपालका स्वजन रघुवंशी समूहले आफ्नो प्रस्तुति दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप