‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ४२ फिल्म प्रदर्शन हुने
नवौँ ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आजबाट सुरु हुँदैछ । मानव अधिकार चलचित्र केन्द्रले आयोजना गर्न लागेको महोत्सवमा ९ गतेसम्म चल्नेछ । हरेक वर्ष आयोजना हुँदै आएको महोत्सव कोरोनाको कारणले यो वर्षपनि भर्चुअल आयोजना गर्न लागिएको हो । महोत्सवमा २४ देशका ४२ वटा फिल्म, वृत्तचित्र, छोटा फिल्मका साथै सबै विधाका फिल्महरू समावेश छन् ।
महोत्सवमा मानव अधिकारकर्मी र कलाकर्मीहरूसँग अन्तरक्रिया, प्लानल डिस्कशन लगायतका कार्यक्रमहरू पनि राखिएको छ । महोत्सवमा ‘मानव अधिकार र न्यायका लागि वातावरण’, ‘मानव अधिकारमा कोरोनाको प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तीकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका’ जस्ता विषयहरूमा पनि अन्तरक्रिया हुने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए ।
त्यस्तै, ओटीटीमा नेपाली फिल्म कसरी पुर्याउने ? बारे मास्टरक्लासको पनि आयोजना गरिने मानव अधिकार चलचित्र केन्द्रका निर्देशक खत्रीले बताए । महोत्सवमा अन्तर्राष्ट्रिय विधाका फिल्मको प्रदर्शन मात्र गरिनेछ, भने नेपाली विधाका फिल्महरूको भने प्रतिस्पर्धा हुनेछ । जसमा उत्कृष्ट फिक्शन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला फिल्मकर्मी छनौट गरी पुरस्कार घोषणा गरिनेछ । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक मण्डलको भूमिकामा छन् । महोत्सवको सह–आयोजकमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानाडा राजदूतावास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण