प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाईंदै
न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउने भएका छन् । नेपाल बार एशोसिएसनका तर्फबाट सोमबार २ बजे सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
नेपाल बार एशोसिएसनका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन लागिएको हो । वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै कारण न्यायपालिकामाथिको विश्वास गुम्न थालेको र अदालतमा विसंगति मौलाएको भन्दै नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएको छ ।
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने र प्रधानन्यायाधीशको इजलासमा बहस समेत नगर्ने बताइसकेको नेपाल बारले प्रधानन्यायाधीशलाई विदा गर्नुपर्ने आधार, कारण र आरोपसहितका ज्ञापनपत्र सभामुखलाई बुझाउन लागेको हो ।
बारले सोमबार दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्ष सिंहदरबारमा भेट गरी ज्ञापनपत्र बुझाउन लागेको हो । उपाध्यक्ष बस्यालका अनुसार सोमबार नै विभिन्न राजनीतिक दलका संसदीय दलको कार्यलयमा समेत गई प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्ने आधार र आरोपसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण