दुबईमा प्रिमतराज र साराको रोमान्स
फिल्म ‘गुञ्जन’ युनिट यतिबेला दुबई पुगेको छ । फिल्मको एक गीत ‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायाँकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन, अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पाली लगायत जम्बो युनिटसहितको टिम दुबई पुगेको हो ।
प्रिमतराज र साराको अभिनय रहेको फिल्मको गीत दुबईका विभिन्न आकर्षक लोकेशनमा छायाँकन भइरहेको छ । जसको कोरियोग्राफी कविराज गहतराजले गरिरहेका छन् भने छायाँकन विदुर पाण्डेले गरिरहेका छन् । विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो फिल्म निर्माण हुँदैछ । आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव ‘गुञ्जन’ मा खन्याएको अष्टले बताए ।
विशुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
राजु श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कविराज गहतराजको नृत्य, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडांै, पोखरा, जोमसोममा छायाँकन भएको छ ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण