अब सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप
सरकारले सबै गर्भवतीलाई कोरोनाविरुद्धको खोप दिएको भएको छ । यसअघि उच्च जोखिममा रहेका गर्भवतीलाई मात्रै खोप दिँदै आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनिवार्य रुपमा गर्भवती महिलालाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गर्भवती भएको तीन महिना पूरा भएका सबै महिलालाई खोप लगाउन थालिएको हो । यस्तै, सरकारले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरेको छ । प्राथमिकता परेकाहरुलाई मात्रै खोप दिँदै आएको सरकारले १८ वर्ष माथिका नागरिकलाई खोप दिन सुरु गरेको हो ।
खोप लगाउन छुटे सबै नागरिकलाई खोप केन्द्र गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । दुई तिहाइ लक्षित जनसङ्ख्यालाई आउँदो पुस मसान्तसम्म तथा बाँकी सबै लक्षित समूहलाई आगामी चैत मसान्तमा खोप लगाइसक्ने सरकारको लक्ष्य छ । यस्तै आइतबारदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोर किशोरीलाई कोरोनाविरुद्धको फाइजर खोप दिन सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण