प्रदेश २ मा एक्कासि चलेको हुस्सु र शीतलहरले जनजीवन कष्टकर
मङ्गलबार, ०७ मङ्सिर २०७८, १२ : ०१
प्रदेश २ का जिल्लामा एक्कासि बाक्लो हुस्सु र शीतलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेको छ । मंगलबार बिहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ । एक्कासि चिसो बढेपछि जनकपुरधामसहित यस क्षेत्रका सहरी क्षेत्रमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ । चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् । मंगलबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था छ ।
हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको सङ्ख्यासमेत घटेको छ । पुस र माघमा लाग्ने हुस्सु र शीतलहर मङ्सिरको सुरुको पहिलो सप्ताहमै सुरु भएपछि सर्वसाधारणले यस वर्षको चिसो लामो हुने अनुमान लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण