रुपन्देही २ मा पौडेल पक्षको वर्चश्व, पाल्पामा देउवा समूह क्लिन स्वीप
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ र २ को क्षेत्रीय अधिवेशनबाट रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को सभापतिमा हिराबहादुर केसी र २ को सभापतिमा हरि लम्साल निर्वाचित भएका हुन् । उनीहरु दुवैजना दोस्रो कार्यकालका लागि सभापति बनेका हुन् ।
विजयी केसीले ३९६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विश्वनाथ यादवले २१५ मत ल्याए । सचिवमा वैजनाथ साहनी र विजय गुरुङ तथा सहसचिवमा नरबहादुर थापा र मोहम्मद रजा पठान निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर २ मा मतगणना चलिरहँदा मंगलबार साँझ दुई पक्षबीच कुटाकुट भएपछि रोकिएको मतगणना राति ११ बजेदेखि फेरि सुरु भएको थियो । सभापतिमा लम्सालले १६० मतको अन्तरले देउवा पक्षका काजीमान श्रेष्ठलाई पराजित गरेका छन् । लम्साल ४०२ मतका साथ विजयी भए भने श्रेष्ठले २४२ मत मात्र प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत टिकाराम शर्माले बताए ।
सचिवमा भने देउवा खेमाका प्रजापाल गिरी र पौडेल पक्षका विमलराज भट्टराईले जित हासिल गरेका छन् । सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरेका छन् ।
सहसचिवमा पौडेल पक्षका मिलन थापा ३५१ मत र राजबहादुर क्षेत्री ३४० मतसहित विजयी भएका छन् । महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको प्रमुख निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
पाल्पामा पनि उस्तै
पाल्पामा पनि काँग्रेसको क्षेत्रीय अधिवेशनमा देउवा समूह क्लिन स्वीप भएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा पौडेल पक्षले बाजी मारेको हो । पाल्पाको क्षेत्र नम्बर १ मा पौडेल समूहको नेतृत्व गरेका झमन मगरको प्यानल विजयी भएको छ ।
सभापतिमा मगर ४८८ मतका साथ विजयी भए भने अर्का प्रतिस्पर्धी देउवा समूहका विष्णु बस्नेतले १०२ मत प्राप्त गरे । महाधिवेशन प्रतिनिधिमा पनि पौडेल समूहका प्रतिनिधि विजयी भएका छन् ।
पाल्पा क्षेत्र नम्बर २ मा पनि पौडेल समूहको प्यानल विजयी भएको छ । क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन् भने महाधिवेशन प्रतिनिधि पनि सबै पौडेल समूहका विजयी भएका छन् । सभापतिमा जिसीले ४६० मत ल्याए भने पराजित यादवसिंह कार्कीले २१४ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण