सिरहाका १० स्थानीय तहमा काँग्रेसको सर्वसम्मत नेतृत्व
बुधबार, ०८ मङ्सिर २०७८, १० : ३९
नेपाली काँग्रेसको १४ औँ अधिवेशन अन्तर्गत सिरहाका १० स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन भएको छ ।
सिरहाका १७ स्थानीय तहमध्ये तीन गाउँपालिका र सात नगरपालिकाका पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । लहान र धनगढीमाई नगरपालिको निर्वाचन भइरहेको छ भने बाँकी पालिकामा सर्वसममतको प्रयास भइरहेको जिल्ला सचिव पन्चलाल महतोले जनाएको छ ।
अधिवेशनले सिरहा नगरपालिका सभापतिमा अषिशलाल यादव, गोलबजार नगरपालिकामा राजदेव साह ‘ लालबाबु’, मिर्चैया नगरपालिकामा रमेश न्यौपाने, कल्यानपुर नगरपालिकामा कृष्णा साह, कर्जन्हा नगरपालिकामा मानबहादुर पाण्डे सर्वसम्मत चयन गरेको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यानन्द साह, भगवानपुर गाउँपालिकामा सुभास यादव, नवराजपुर गाउँपालिकाा मदन यादव, बरियारपट्टि योगेन्द्र यादव र नरहा गाउँपालिकामा कमल प्रसादमण्डल चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण