लोकतन्त्रबारे अमेरिकाले सम्मेलन गर्दै, चीन र रसियालाई निम्तो दिइएन
अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरूलाई भने बोलाइएको छ ।
चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला राष्ट्रपति जोन बाइडेन प्रशासनले आयोजना गर्न लागेको सम्मेलनलाई विश्व समुदायले चासोपूर्वक हेरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयकाअनुसार सम्मेलनमा ११० देशलाई निम्ता दिइएको छ ।
सम्मेलनमा चीनले आफ्नो अभिन्न राज्य मान्दै आएको ताइवानलाई समेत बोलाइएको छ । तर, अफगानिस्तान, बंगलादेश, श्रीलंका र टर्कीलाई बोलाइएको छैन् । ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्न चीनले अन्य देशहरूलाई दबाब दिइरहेका बेला सम्मेलन आयोजना हुँदैछ । आफ्नो स्वतन्त्रताका बारेमा चीनलाई बोल्ने अधिकार नभएको ताइवानले बताउँदै आएको छ ।
ताइवान मामिलामा चीनले आक्रमण गरे आफूले हेरेर नबस्ने अमेरिकाले बताउँदै आएको छ । एक साताअघि चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल संवादमा राष्ट्रपति सीले अमेरिकालाई आगोसँग निहुँ नखोज्न चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण