फिल्म निर्देशक थापा, रौनियार र राणा बने काँग्रेस महाधिवेशन प्रतिनिधि
फिल्म निर्देशक तीर्थ थापा र सम्झना रौनियार उप्रेती नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । थापा लमजुङबाट खस आर्य कोटा अन्तर्गत काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका हुन् भने रौनियार काठमाडौं क्षेत्र नम्बर १ बाट मधेसी कोटा अन्तर्गत महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् ।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष समेत रहेका थापाले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उप्रेतीले भने काँग्रेसको सक्षम नेतृत्व चयनमा भूमिका खेल्ने छिन् ।

नाट्य क्षेत्रबाट कलाकारिता गर्दै फिल्म क्षेत्रमा होमिएका थापाले विसं. २०५१ देखि २०५४ सम्म सडक नाटक लिएर चेतना फैलाउन देशका थुप्रै जिल्ला पुगेका थिए । नाटकमा अभिनयदेखि निर्देशनसम्मको जिम्मेवारी निर्वाह गर्दै आएका वरिष्ठ चलचित्रकर्मी थापा २०६२ सालमा स्थापना भएको सांस्कृतिक संघको लगातार अध्यक्षमा रहदै आएका छन् ।
सम्झना रौनियार उप्रेती पनि फिल्म तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय रहँदै आएकी छन् । अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’ उप्रेती निर्देशित पछिल्लो फिल्म हो । त्यसैगरी अभिनेता रोज राणा पनि महाधिवेशन प्रतिनिधिमा छानिएका छन् । राणा प्युठानबाट प्रतिनिधि चुनिएका हुन् । राणाले दादागिरी, डन, दोस्ती, म छु नि तिम्रो लगायतका थुप्रै चलचित्र निर्माण समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण