‘साइबर सर्कल’का सदस्यलाई सिर्जनशील र रचनात्मक बन्न महेश बस्नेतको सुझाव
नेकपा एमालेका युवा नेता महेश बस्नेतले सूचना प्रविधिमार्फत एमाले र यसका नेताविरुद्ध छरिएका भ्रम चिर्न र भ्रम सिर्जना गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन एउटा संगठन महसुस गरी एमालेले ‘साइबर सर्कल’ बनाउने निर्णय गरेको बताएका छन् ।
बुधबार ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिर्जनशील र रचनात्मक हुन साइबर सर्कलका सदस्यलाई सुझावसमेत दिए । एक वर्ष अघि साइबर सेना घोषणा गर्दा विपक्षमा आतंकको अवस्था आएको भन्दै बस्नेतले संगठनको नाममा ‘सेना’ जोड्नु द्वन्द्वको प्रतिक हुने भन्ने सुझाव आएका कारण साइबर सेनालाई साइबर सर्कलका रुपमा परिमार्जन गरिएको जानकारी समेत दिए ।
बस्नेतले सूचना प्रविधिलाई दुरुपयोग गरेर एमालेका नेताहरुको मानमर्दन गर्नेदेखि लिएर भ्रम छर्ने काम भएको गुनासो पनि गरे । त्यस्ता गतिविधिविरुद्ध प्रत्याक्रमणका लागि साइबर सर्कल घोषणा गरिएको उनको भनाइ थियो ।
उनले दशौं महाधिवेशनबाट केपी ओली नै पार्टीका अध्यक्ष बनेर आउने दाबीसमेत गरे । आगामी निर्वाचनमा ओलीकै नेतृत्वमा एमालेले बहुमत ल्याउने र सरकारको नेतृत्वसमेत ओलीले नै गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण