नेप्सेमा सामान्य सुधार, चार अर्बको कारोबार
बुधबार, ०८ मङ्सिर २०७८, १६ : ४८
बुधबार सेयर बजारमा परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले बढेको बजारमा आज ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.२९ अंकले घट्दै ५१५.१९ बिन्दुमा झर्न पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् । आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९.४७ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुँरास फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले २.५५ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्जा लगानीमा बैंकहरू आक्रामक : चैतमा मात्र ५० अर्ब ५५ करोड प्रवाह
-
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
-
समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
-
लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो
-
विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
-
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित