नेप्सेमा सामान्य सुधार, चार अर्बको कारोबार
बुधबार, ०८ मङ्सिर २०७८, १६ : ४८
बुधबार सेयर बजारमा परिसूचक नेप्सेमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.८९ अंकले बढ्दै २७ सय ३५ विन्दुमा पुगेको हो । करिब दुई अंकले बढेको बजारमा आज ४ अर्ब २१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
तर, आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने ०.२९ अंकले घट्दै ५१५.१९ बिन्दुमा झर्न पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसमूह ऋणात्मक भएका छन् भने बाँकी अन्य समूह धनात्मक भएका छन् । आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९.४७ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुँरास फाइनान्स लिमिटेडका लगानीकर्ताहरूले २.५५ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण