‘मिसेस् नेपाल टुरिजम’की विजेता छिरिङ बनिन् काँग्रेस महाधिवेशन प्रतिनिधि
बुधबार, ०८ मङ्सिर २०७८, १७ : ५७
‘मिसेस् नेपाल टुरिजम–२०१९’ की विजेता छिरिङ डोल्मा शेर्पा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । उनी दोलखा जिल्लाको आदिवासी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् ।
केन्द्रीय सक्षम नेतृत्व चयनमा सहयोग गर्न आफू महाधिवेशन प्रतिनिधि बनेको शेर्पा बताउँछिन् । शेर्पा कुशल मोडल पनि हुन् । मोडलिङको अलावा अभिनय, पर्यटन, शिक्षा, समाजसेवामा समेत काम गर्दै आएकी उनको सौन्दर्य प्रतियोगिताबाट देशको प्रतिनिधित्व अन्तर्राष्ट्रिय क्षेत्रमा गर्ने लक्ष्य समेत रहेको छ । निर्माणाधीन फिल्म ‘मुसी’ मा अभिनेत्रीको रूपमा देखिन लागेकी उनले आधा दर्जन म्युजिक भिडियो समेत अभिनय गरेकी छन् । नेपाल राष्ट्रिय मोडलिङ सङ्घकी उनी आजीवन सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण