काँग्रेस रुकुम पश्चिम सभापतिमा ओली सर्वसम्मत चयन
बिहीबार, ०९ मङ्सिर २०७८, ०८ : २३
नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश ओली सर्वसम्मत चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उनी पुनः सभापति बनेका हुन् । मंगलबार भएको बन्द सत्रले पूर्वराज्यमन्त्री गोपालजंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सभापतिसहित जिल्ला कार्यसमितिको सहमति निर्वाचन समितिलाई बुझाएको थियो ।
सोही सहमति अनुसार जिल्ला उपाध्यक्षमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन भएका छन् । सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् भने सहसचिव यज्ञ विष्ट र प्रेमबहादुर खड्का बनेका छन् ।
प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ को सभापतिमा महेन्द्र केसी र ‘ख’को सभापतिमा भद्रबहादुर विष्ट छानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण