आज २ बजे फुलकोर्ट, १५ गतेदेखि गोलाप्रथा सुरु गर्ने तयारी
सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न बिहीबार फुलकोर्ट बस्न लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका सर्वोच्च अदालतका न्यायाधीशहरु सम्मिलित बुधबारको छलफलले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बोलाउने निर्णय गरेको थियो । सो को जानकारी न्यायाधीशहरूले मुख्य रजिष्ट्रारलाई बुधबार नै दिएका थिए । सोही आधारमा बिहीबार अपरान्ह २ बजे फुलकोर्ट बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालत स्रोतकाअनुसार बिहीबार बिहानै सर्वोच्च प्रशासनले न्यायाधीशहरूलाई पत्र पठाएर २ बजे फुलकोर्ट राखिएको जानकारी गराएको छ । यद्यपि फुलकोर्टको एजेण्डा के–के छ भन्नेबारे भने सर्वोच्च प्रशासनले जानकारी गराएको छैन ।
यसअघि पेसी व्यवस्थापन निर्देशन समितिमा प्रधानन्यायाधीशको अनिवार्यता रहने गरी नियमावली संशोधन गराएका न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई बहिष्कार गर्दा निर्देशन समितिको नेतृत्व पनि प्रधानन्यायाधीश वा वरिष्ठतम् न्यायाधीशले गर्ने गरी पुनः नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
पेसी तोक्ने कार्यका लागि पनि वर्तमान प्रधानन्यायाधीशलार्य राख्न नहुने बताएका उनीहरुले बुधबार सामुहिक छलफल गरी बिहीबार फुलकोर्ट बोलाउने र मंसिर १५ गतेबाट गोलाप्रथा विधिबाट पेसी तोक्ने कार्यको थालनी गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण