‘टुल्की’ सेन्सर पास
फिल्म ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बुधबार फिल्म हेर्दै प्रदर्शनका लागि अनुमति दिएको हो । फिल्मले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको हो । फिल्म सबै बर्गका दर्शकले हेर्न पाउँनेछन् ।
हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा बनेको फिल्म द पाल्म ग्रुप प्रालिका लागि शेखर लामाको प्रस्तुतिमा निर्माण भएको हो । लक्ष्मण सुनारको कथा, देवजंग थापाको छायाङ्कन तथा निर्देशन फिल्ममा छ ।
आरपी कर्माचार्य र शेखर लामा निर्माता रहेको फिलममा शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको अभिनय देख्न सकिन्छ ।
ब्राम्हण वस्तीमा जन्मेकी युवती शेर्पा युवासँग माया प्रेममा परेर विवाह गरेपछि उनले त्यहाँको संस्कार नबुझेर भोग्नुपरेको कथा फिल्मले आकर्षक रुपमा देखाउनेछ । करिब ४ वर्षको अध्ययनपछि फिल्म निर्माण गरिएको निर्माता शेखर लामाले बताए । स्वदेश अगाडि फिल्म विदेशमा प्रदर्शन गरिने निर्माण टिमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण