एमाले केन्द्रीय सदस्यमा कोमल वलीको उम्मेदवारी
चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् ।
दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी वली महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् । ‘म महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छु’ वली रातोपाटीसँग भनिन् । वलीले विभिन्न चार उद्देश्यका साथ आफूले उम्मेदवारी दिने निर्णय लिएको जानकारी दिइन् ।
उनले आफ्नो पहिलो उद्देश्य केपी ओलीको नेतृत्वलाई सक्षम बनाउने र दोस्रो उद्देश्य पार्टीलाई सम्मृद्ध बनाउने रहेको बताइन् । उनले आफ्नो तेश्रो उद्देश्य राजनीतिक रुपान्तरणका लागि पार्टीले खेल्ने भूमिका सशक्त बनाउने रहेको बताइन् ।
राजनीतिलाई गतिशील बनाउने उद्देश्यले समेत महाधिवेशनमा आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । वलीले आफु आवाजविहीनहरुको आवाजको रुपमा समेत महाधिवेशनमा प्रस्तुत हुने बताइन् । ‘आफ्नो वर्ग, समुदाय, युवाको आवाज र आवाजविहीनहरुको आवाज बनेर महाधिवेशनमा प्रतिनिधित्व गर्नेछु’ उनले थपिन् ।
एमालेमा कुनै पक्ष विपक्ष नभएको तर्क राखेकी वलीले व्यक्तिगत रुपमा कसैले अध्यक्ष पदमा उम्मेदवारी दिएपनि आफूले भने केपी ओलीलाई समर्थन गर्ने स्पष्ट पारिन् । ‘सबै नेताहरुको मनोविज्ञान केपी ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्छ भन्ने छ । मेरो पनि त्यही धारणा हो,’ वलीले भनिन्, ‘सबैलाई उहाँकै नेतृत्व सर्वस्वीकार्य पनि हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण