राप्रपा बैठक : अध्यक्षत्रयको तीन कार्यपत्र परिमार्जनसहित पारित
बिहीबार, ०९ मङ्सिर २०७८, २० : ०३
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा.प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत तीन कार्यपत्र परिमार्जनसहित पारित गरिएको छ । बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तीन कार्यपत्र परिमार्जनसहित पारित गरेको हो ।
मंसिर १५ गतेदेखि सुरु हुने एकता महाधिवेशनका लागि अध्यक्ष जबराले सामाजिक, थापाले राजनीतिक र लोहनीले आर्थिक कार्यपत्र तयार पारेका छन् । बैठकले विधान संशोधन सुझाव समितिका संयोजक निरञ्जन थापाद्वारा प्रस्तुत विधान संशोधनसम्बन्धि मस्यौदा पनि परिमार्जनसहित पारित गरेको छ ।
बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले निर्वाचन सम्बन्धि र कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले आयव्यय विवरण प्रस्तुत गरेका थिए । राप्रपाको एकता महाधिवेशन मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण