झापामा ब्राउनसुगरसहित ७ जना पक्राउ
बिहीबार, ०९ मङ्सिर २०७८, २१ : १५
झापा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका ७ टेलिभित्ता बस्ने १९ वर्षीय नारायण राजवंशी, सोही वडाको बोक्तोबारी बस्ने २२ वर्षीय प्रकाश राजवंशी, वडा नम्बर ६ संगमटोल बस्ने २० वर्षीय राहुल ठाकुर, ५ बस्ने २१ बर्षीय सोनु राजवंशी, विर्तामोड नगरपालिका ८ बस्ने १८ वर्षीय सुदिप श्रेष्ठ, सोही नगरपालिका वडा नम्बर ६ बस्ने ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा नगरपालिका १ बस्ने २८ वर्षीय राज श्रेष्ठ रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले मे १ प ९७०१ र को ३८ प ९०२८ नम्बरका दुई मोटरसाइकलसहित ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर र १ थान नाइट्रोजन ट्याबलेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण